Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

जेनजीको प्रदर्शनको लागि प्रशासनको अनुमति


काठमाडौंमा जेनजी पुस्ताका केही विद्यार्थीले सोमबारका लागि प्रदर्शन गर्न अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन्। उनीहरूले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने अनुमति मागेका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जेनजी विद्यार्थीहरूको आगमन पुष्टि गर्दै भने, “भोलिको प्रदर्शनका लागि उहाँहरु आउनु भएको थियो। निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं।”

जेनजी विद्यार्थीहरूले सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, केही नेताहरूको बेथिति तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै प्रदर्शन गर्ने घोषणा गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट