Techie IT
२०८३ असोज २०, मंगलबार

मन्त्री पौडेलको आग्रह ठाडै अस्वीकार, सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा नगर्ने ओलीको अडान


प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध हटाउनुपर्ने धारणा प्रस्तुत गरेका थिए।

तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै यसबारे पुनर्विचार गर्न नसकिने बताएको एक मन्त्रीले जानकारी दिएका छन्।

स्रोतका अनुसार, पौडेलले कांग्रेसको तर्फबाट जेनजी आन्दोलन चर्किएको अवस्थामा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री ओलीले भने जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै अराजकता मच्चाउन खोज्नेहरूको योजना सफल हुन नदिने दृष्टिकोण राखेेर मन्त्री पौडेलको प्रस्ताव ठाडै अश्विकार गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट