Techie IT
२०८२ फागुन १३, बुधबार

काम छ भन्दै बाटोमा ओर्लिएका चौंलागाईं बने ‘जेन-जी’ पहिलो शहीद


ग्लोबल कलेजमा कक्षा–१२ मा अध्ययनरत विद्यार्थी श्रीयम चौंलागाईंको सोमबार ‘जेन-जी’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी मृत्यु भएको छ।

कलेजमा बिहान ११ बजेसम्म कक्षा सकेर घर फर्किँदै गरेका १७ वर्षीय श्रीयम साथीसमेतसँगै कलेज बसबाट बानेश्वर नजिकै ओर्लिएका थिए। कलेज स्रोतका अनुसार, “उनीहरू आन्दोलनतिरै जाने सल्लाह गरेर आएका रहेछन्। बाटोमा काम छ भनेर ओर्लिएका थिए।”

श्रीयमलाई गोली कसरी र कहाँ लाग्यो भन्ने स्पष्ट भइसकेको छैन। उनलाई ट्रमा सेन्टरमा उपचारका क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

कलेज प्रिन्सीपल अम्बादत्त जोशीले भने, “श्रीयम विद्यालयको पोशाकमै थिए। हामीले विद्यार्थीलाई आन्दोलनमा नगर्न भनिरहेका थियौं। तर कलेजबाट बाहिरिएपछि उनीहरू कहाँ जान्छन् भन्ने हाम्रो नियन्त्रणमा हुँदैन।”

श्रीयमसँगै आन्दोलनमा गएका अर्का साथी सकुशल रहेका प्रिन्सीपल जोशीले जनाएका छन्। जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाउने पहिलो व्यक्ति श्रीयम चौंलागाईं बनेका छन् । उनलाई कतिपयले जेनजी पहिलो शहिदका रूपमा लिने गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट