Techie IT
२०८२ कार्तिक ८, शनिबार

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु लागू, प्रमुख सडक र क्षेत्रहरूमा आवतजावत रोक


भदौ २३, २०८२ मा जेनजी आन्दोलनकारीले जलाइएको संसद भवनको प्रवेशद्वार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र आज बिहान ८:३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ। स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश नभएसम्म कर्फ्यु लागू रहने भएको छ।

आदेशअनुसार, कर्फ्यु क्षेत्रभित्र कुनै पनि व्यक्ति आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्।

काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रमा बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण भूभागमा कर्फ्यु लागू हुनेछ।

कर्फ्युको अवधि भित्र अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकट अनुसार हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूको सहजीकरण रहने सूचनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट