Techie IT
२०८३ असोज २०, मंगलबार

संविधान सम्मत राजनीतिक निकासका लागि राजीनामा दिए - प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन्।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै पठाएको पत्रमा मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उनले संविधानअनुसार राजीनामा दिएको बताएका छन् । पत्रमा भनिएको छ, “सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानका लागि आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।”

जेनजी आन्दोलन नियन्त्रणबाहिर पुगेपछि ओली राजीनामा दिन बाध्य भएका हुन्।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट