Techie IT
२०८२ भाद्र २६, बिहीबार

एक दिनको क्षति द्वन्द्वकाल भन्दा बढी, जेनजीको आन्दोलन अरुको कब्जामा गयो


नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको टिप्पणी गरेको छ।

बुधबार जारी विज्ञप्तिमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार मात्रै भएको क्षति एक दशक लामो माओवादी द्वन्द्वको बेला भन्दा पनि बढी भएको दाबी गरेका छन्।

उनले विज्ञप्तिमा लेखेका छन्, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु अत्यन्त गम्भीर छ । म लगायत धेरैको घर–निजी सम्पत्ति, उद्योग–व्यवसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेला भन्दा धेरै बढी हो ।”

महतका अनुसार देशभर भइरहेको तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यतासँग मेल खाने खालको छैन । उनले सचेत नवयुवाहरूले यस्तो चाहेका छैनन् भन्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा कायम गर्न जरुरी भएको उल्लेख गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट