Techie IT
२०८२ भाद्र २६, बिहीबार

सरकार नेतृत्वको विषयमा जंगी अड्डाबाहिर जेनजीविच विवाद


सरकारको नेतृत्वको विषयलाई लिएर सैनिक मुख्यालय भद्रकाली बाहिर जेनजी प्रतिनिधि दाबी गर्ने युवाहरूबीच विवाद सुरु भएको छ।

जेनजीहरूको भर्चुअल बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारको नेतृत्व दिन प्रस्ताव गरेको थियो । भोटिङमार्फत लोकप्रिय मत पाएको आधारमा कार्कीलाई नेतृत्व सुम्पिने तयारी भएको जेनजी समूहले जनाएको छ ।

उनीहरू सोही प्रस्ताव लिएर जंगी अड्डामा वार्ताका लागि जाने तयारीमा थिए । तर, विभिन्न समूहका प्रतिनिधिहरू एकैपटक मुख्यालय पुगेपछि सेनाले उनीहरूलाई गेटमै रोकेको थियो ।

सेनाले माइकिङ गरेरै नाम र नम्बर टिपाएर भोलि आउन आग्रह गरेको जनाएको छ । यसबीच, मुख्यालय बाहिर उपस्थित युवाहरू विभिन्न खेमामा विभाजित भई वादविवाद गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट