Techie IT
२०८२ भाद्र २६, बिहीबार

सरकार गठन संविधानभित्रैबाट हुनुपर्छ - नेपाल बार


कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले भर्चुअल बैठकमार्फत संविधानभित्रैबाटै सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको छ।

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले जेनजी पुस्ताले अन्योलता महसुस गरिरहेको बेला विकल्प र सुझाव दिने वातावरण आवश्यक रहेको बताएका थिए । उनले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्रीको खोजी गर्नु उपयुक्त नरहेको र संवैधानिक सङ्कटबाट मुलुकलाई बाहिर ल्याउन बारले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले जेनजी आन्दोलन किन आयो र यसको मूल कारण के–के हुन् भन्नेबारे स्पष्ट अध्ययन आवश्यक रहेको बताएका छन् । कानुन व्यवसायी ताराकुमार श्रेष्ठले जेनजीको भावनालाई सम्बोधन गर्ने विज्ञप्ति जारी हुनुपर्ने र आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्ध रहेको कुरा नेपाल बारले बिर्सन नहुने बताए ।

वरिष्ठ अधिवक्ता बाबुराम जोशीले जेनजी आन्दोलन संविधान विरोधी नभई भ्रष्टाचार नियन्त्रण र पूर्ण कार्यकाल भएको सरकार कायम राख्ने प्रयास भएको बताए । संविधानको धारा ७३(३) अनुसार नयाँ सरकार गठन असम्भव भए संसद्मा सदस्यभित्रैबाट प्रधानमन्त्री चयन गर्नुपर्ने सुझाव पनि उनले दिएका छन् ।

कानुन व्यवसायी सुरेन्द्रकुमार महतोले भने, “हालको अवस्था विकराल र असामान्य छ । संविधानअनुसार सरकार बनाउने हो भने शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली कायम रहनै पर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट