Techie IT
२०८२ भाद्र २६, बिहीबार

काठमाडौं उपत्यकामा भोलि पनि निषेधाज्ञा र कर्फ्यू


नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि (भदौ २७) पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू जारी रहने जनाएको छ।

सेनाको जंग्गीअड्डाबाट बिहीबार जारी विज्ञप्तिअनुसार भोलि बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म उपत्यकामा निषेधाज्ञा रहनेछ। त्यस्तै, साँझ ७ बजेदेखि रातभर कर्फ्यू लागू गरिनेछ।

यद्यपि, बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको सेनाले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट