Techie IT
२०८२ भाद्र २८, शनिबार

अब अन्याय नहुने विश्वासका साथ पुनः कारागार फकिए - लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएको भन्दै आफू अन्याय नहुने विश्वासका साथ पुनः कारागार फर्कन लागेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटससहित भिडियो सन्देश सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। संयोगवश आज आफ्नो जन्मदिन परेको उल्लेख गर्दै उनले जन्मदिनको उपहारस्वरूप कारागार फर्किन लागेको टिप्पणी गरे।

‘पछिल्लो सरकारले चरम राजनीतिक प्रतिशोधका कारण मेरो जिन्दगी हराम गरेको थियो। तर आज देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय हुने छैन भन्ने विश्वाससहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन्।

लामिछाने हाल नख्खु कारागारमा छन्। उनी पछिल्लो पटक २४ भदौमा जेनजी आन्दोलनका क्रममा बाहिर निस्किएका थिए। उनले कारागार प्रशासनकै निर्णयअनुसार बाहिरिएको दाबी गरेका थिए। तर कारागार प्रशासनले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

उक्त निर्णयबारे चर्को आलोचना बढेपछि लामिछाने स्वयं कारागार फर्कन लागेको हुन्। उनले यसबारे गरिएको ‘मिडियाबाजी’ प्रति असन्तोष पनि प्रकट गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट