Techie IT
२०८२ फागुन १२, मंगलबार

क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुलेको छ - गृहमन्त्री अर्याल


गृहमन्त्री ओम प्रकास अर्याल

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका कारण क्षति भए पनि यसले ऐतिहासिक अवसरको ढोका खोलिदिएको बताएका छन्।

सोमबार पदभार ग्रहण गरेपछि गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब विवादलाई पछि धकेल्नुभन्दा समाधान खोजेर अघि बढ्नुपर्ने धारणा राखे।

‘अहिले विवाद गरेर पछि फर्किने होइन, विवाद हटाएर अघि बढ्ने हो,’ उनले भने, ‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गरेर त्यसलाई निर्वाचनमार्फत थप प्रमाणीकरण गर्नुपर्छ।’

गृहमन्त्री अर्यालले मुलुकलाई दीर्घकालीन रूपमा सही बाटोमा लैजानुपर्ने आवश्यकता औंल्याए। उनले सरकारको मुख्य प्राथमिकता राज्यका तीनै अंगका अभावमा रहेका संरचना निर्माण गर्ने रहेको स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट