जेनजी आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको कडा छानबिन गर्छौ - गृहमन्त्री अर्याल

गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन दिँदै सो कुरा बताएका हुन्। उनले जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्थामा फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन सरकारले बल प्रयोगको घटनालाई निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने उल्लेख गरे।
गृहमन्त्री अर्यालले आन्दोलनलाई ‘जनविद्रोह’को संज्ञा दिँदै त्यसक्रममा भएको जनधनको क्षति सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए। उनले नयाँ पुस्ताका मागअनुसार अघि बढ्न पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन्। साथै, आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको सम्मानमा सरकारले कुनै कमी गर्न नहुने कुरा उनले जोड दिए।
तपाईको प्रतिक्रिया दिनुहोस