Techie IT
२०८२ फागुन १२, मंगलबार

जनमत पार्टीका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग


डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन्।

पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका यी नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका हुन्।

पार्टी छाड्ने नेतामा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।

अल्टिमेटमको प्रतिक्रियामा राउतले सामाजिक सञ्जालमा भने, पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए।

पार्टी परित्यागको घोषणा गरेका प्रवक्ता डा. शरदसिंह यादवले भने, “हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं। उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौं।”



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट