Techie IT
२०८२ फागुन १२, मंगलबार

नक्कली प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पुर्पक्षका लागि जेल चलान


नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

चितवनको कालिका–५ पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले भदौ ४ गते पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेको थियो। अदालतको आदेशअनुसार उनी न्यायधीश डिल्लीराम अर्यालको इजलासबाट पुर्पक्षका लागि थुनामा पठाइएका हुन्। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक थिए।

यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए। उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्री बरामद भएको थियो। यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो।

रुपन्देही प्रहरीका प्रवक्ता सुरज कार्कीका अनुसार आवश्यक अनुसन्धानपछि अदालतले कँडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

कँडेल पक्राउ परेसँगै रास्वपाले उनलाई तत्काल पार्टीबाट निलम्बन गरेको थियो। भदौ ५ गतेदेखि उनी साधारण सदस्यसमेत नरहने गरी निलम्बित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट