Techie IT
२०८३ असोज १८, आइतबार

स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीताको नाम फिर्ता लिने तयारी


डा. संगीता कौशल मिश्रा

स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ। उनीविरुद्ध भ्रष्टाचारको आरोप रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी गरेकी हुन्।

आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्व अतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रूपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर उनी विवादास्पद रहेको सूचना पाएपछि प्रधानमन्त्रीले ‘होल्ड’ गर्न निर्देशन दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन्।

तर सिफारिस विवादमा परेपछि हिजो मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। आज दिउँसो २ बजे मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट