Techie IT
२०८२ असोज ६, सोमबार

शहीद परिवार र आन्दोलनमा घाइतेका लागि रोजगारीको व्यवस्थागर्ने मन्त्री सिन्हाको पहिलो निर्णय


नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री सिन्हा सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका थिए ।

पदभार ग्रहण गर्दै उनले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, सरकारी निकायहरूमा प्रयोग गरिने फर्निचर र अन्य निर्माण सामग्रीमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय पनि मन्त्री सिन्हाले गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री सिन्हालाई दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट