Techie IT
२०८३ असार ३२, बिहीबार

एमाले पुनर्गठनका लागि योगेश भट्टराईको अपिल


नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको अपिल गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी भिडियो सन्देशमा भट्टराईले नयाँ पुस्ताको भावना र मागलाई अहिलेकै राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्बोधन गर्न कठिन भएको उल्लेख गरेका छन् ।

उनले भने, “२३ भदौले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य, समाज र पार्टी संरचनामा बहुआयमिक रुपान्तरण गर्नु अनिवार्य र पहिलो सर्त हो।”

भट्टराईले विगतका पार्टी पुनर्गठनका दृष्टान्तसमेत पेश गर्दै पुनर्गठन र रूपान्तरणको बहसलाई वर्तमान नेतृत्वप्रतिको प्रहार वा उत्तेजनापूर्ण गतिविधि जस्तो रूपमा नबुझ्न आग्रह गरेका छन्।

उनी थप्छन्, “पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा इतिहासको बेवास्ता वा अपमान कदापी गर्नु हुँदैन। पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय हामी पनि उहाँहरूसँगै थियौं। त्यसैले म यो बेला भन्छु– उहाँहरूको सम्मानसहित पुनर्गठन।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट