Techie IT
२०८२ फागुन ११, सोमबार

मुलुकको दीर्घकालीन समाधानका लागि सहकार्य गरौं - पूर्वराष्ट्रपति भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य रहेको बताएकी छन्।

शुक्रबार राजधानीमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको उल्लेख गरिन्। उनले भनिन्, “सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको समाधान निकाल्नुपर्छ। हाम्रो शक्तिका स्रोत भनेका जनता हुन्।”

भण्डारीले राजनीतिक दलहरूको नीति, दर्शन र कार्यक्रम जनताको सुझावसँग मेल खानुपर्नेमा जोड दिँदै दलहरूबीच समन्वय र सहकार्य आवश्यक भएको बताइन्। उनले देशको शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम राख्दै युगअनुकूल विकासतर्फ अघि बढ्न सबैलाई आह्वान गरिन्।

उनले नेताहरूको बाहिर बोल्ने तर पार्टीभित्र काम नगर्ने कार्यशैलीको आलोचना गर्दै भनिन्, “सबैको कुरा सुन्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ।” साथै, नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षालाई पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइन्।

पूर्वराष्ट्रपतिले सबै जिम्मेवार नागरिकलाई छलफल र साझा प्रयासमार्फत समाधान खोज्न आग्रह गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट