Techie IT
२०८२ कार्तिक २४, सोमबार

अन्ततः ‘भालु’ शब्दै नै बन्यो महेशका लागि भारी, दशैंपछि प्रहरीले पक्राउ गर्ने


नेकपा एमाले नेता महेश बस्नेत

नेकपा (एमाले) नेता महेश बस्नेतविरुद्ध परेको साइबर अपराधसम्बन्धी जाहेरी तामेलीमा राख्ने प्रहरीको प्रयास असफल भएको छ।

‘शोभा’ भनेर चिनिने जानुका पाठकले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएकी थिइन्।

प्रहरीले उक्त जाहेरीमाथि थप अनुसन्धान गर्नु निरर्थक हुने भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो। तर, सरकारी वकिल कार्यालयले उक्त प्रस्ताव अस्वीकार गरेको छ।

कार्यालयले बस्नेतले फेसबुकमा ‘नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपस्ट बौलाउँदै हिँडिरहेको छ’ भन्ने अमूर्त र अमर्यादित टिप्पणी गरेको विषयमा सो शब्द कसलाई लक्षित गरी लेखिएको हो, त्यसको स्पष्टता माग गरेको छ।

त्यस्तै, सरकारी वकिल कार्यालयले प्रहरीलाई “महेश बस्नेत फ्यान क्लब” नामक फेसबुक पेजमार्फत आएको सन्देशसम्बन्धी अनुसन्धान गर्न, सो पेज कसको नाममा दर्ता भएको हो भन्ने तथ्य पत्ता लगाउन निर्देशन दिएको छ। स्रोतका अनुसार अहिले वडा दशैँको विदा भएकाले कार्यालय खुल्ने वित्तिकै आवश्यक कार्वाहि अगाडि बढाइने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट