Techie IT
२०८३ असोज १८, आइतबार

महिला प्रधानमन्त्री भए पनि मन्त्रीमा महिला किन अटेनन् : प्रभु साह


File Photo

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिला प्रधानमन्त्री भए पनि मन्त्रिपरिषद्मा अन्य महिला अटाउन नसकेको भन्दै टिप्पणी गरेका छन्।

दशैं, दीपावली र छठ पर्वको अवसरमा रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले, “महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै किन ?” भन्ने प्रश्न उठाएका थिए ।

उनले भने, “महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन सक्नुभएन, के नेपालमा मन्त्री बन्न योग्य महिलाहरू छैनन् ?”

साहले जेन–जी आन्दोलनको भावना केवल एउटा सरकार हटाएर व्यक्तिमात्र फेर्ने नभई, व्यवस्थागत परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्ने टिप्पणीसमेत गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट