Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

उर्जामन्त्री घिसिङको स्पष्टीकरण : उज्यालो नेपाल पार्टीसँग कुनै सम्बन्ध छैन


ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ

उर्जामन्त्री कुलमान घिसिङले आफूलाई उज्यालो नेपाल पार्टी र त्यसका अध्यक्षसँग जोडेर विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सूचना तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

शुक्रबार आफ्नो फेसबुक पेजमार्फत घिसिङले उक्त पार्टीसँग कुनै प्रकारको आबद्धता नरहेको स्पष्ट पारेका छन्। उनले भने,
“सूचना, समाचारमा उल्लेख गरिएझैँ पार्टीसँग मेरो आबद्धता सम्बन्धी कुनै छलफल भएको छैन। प्रचार गरिएझैँ जुम बैठकमा मेरो कुनै सहभागिता पनि छैन।”

उनले आफूलाई कुनै छलफल वा सल्लाहबिनै दूषित मनसायसहित असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको भन्दै त्यसको खण्डन गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट