Techie IT
२०८२ असोज २२, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्ने भएको छ। बैठकले पार्टीको विस्तारित बैठकको एजेन्डा र व्यवस्थापनबारे निर्णय गर्नेछ।

त्यसैगरी, असोज १७–१९ गते मनसुनजन्य विपदमा पार्टीको सक्रियता र यसको निरन्तरताबारे पनि छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यसैबीच, पार्टीले सद्भाव यात्रा सञ्चालन गर्दैछ। बैठकमा यस यात्राको कार्यसूची र तयारीबारे पनि छलफल हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट