Techie IT
२०८३ असार २९, सोमबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा भेटवार्ता


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ। मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।

भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, आगामी निर्वाचन तथा समसामयिक विषयहरूबारे छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको राजनीतिक स्थिरता र आगामी कदमबारे पनि व्यापक कुराकानी भएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट