Techie IT
२०८३ जेष्ठ ६, बुधबार

प्रचण्डको सुझाव : सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीहरूलाई सार्वजनिक गरौं


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सक्कली’ जेनजीसँग सहकार्य गरी ‘नक्कली’ जेनजीहरूलाई सार्वजनिक गर्नुपर्ने बताएका छन्।

शुक्रबार राजधानीमा सम्पादकहरूसँग भएको छलफलमा पूर्वप्रधानमन्त्री प्रचण्डले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषयमा रूपान्तरित भएको दाबी गर्दै देशी–विदेशी शक्ति त्यसमा संलग्न रहेको बताए।

“जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो, विभिन्न देशमा चल्दै छ,” प्रचण्डले भने, “एक भारतीय बौद्धिकले त यो चटपटे आन्दोलन हो भनेका छन्। राजावादीदेखि देशी–विदेशी सबै त्यसमा छन्, मलाई पनि त्यस्तै लाग्यो।”

उनका अनुसार भदौ २३ गतेको प्रदर्शनमा आन्तरिक पक्ष र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको भूमिका मुख्य रुपमा देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट