Techie IT
२०८२ असोज २८, मंगलबार

कांग्रेस पदाधिकारीहरूको बैठक आज पनि बस्दै


नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्ने भएको छ। नेताहरूले आफ्ना धारणा राख्ने क्रम नसकिएपछि बैठक निरन्तरता पाउने भएको हो।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी भएपछि नेताहरूको वक्तव्य लम्बिएको र त्यसै कारण आज फेरि बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।

बैठकमा मुलुकमा उत्पन्न राजनीतिक जटिलता समाधानका उपाय तथा पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित छलफल भइरहेको बताइएको छ।

नेताहरूका अनुसार यही असोज २६ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि समान धारणा बनाएर जाने उद्देश्यले हालको छलफल जारी राखिएको हो।

आजको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। पार्टीको महाधिवेशन तोकिएको समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्ने विषयमा नेताहरूबीच मतभेद देखिएकाले बैठकमा सो विषयमा समेत साझा निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट