Techie IT
२०८३ असार २९, सोमबार

देउवालाई डा. कोइरालाको सुझाव : केन्द्रीय समिति विघटन गरेर कार्यवाहक सभापति तोक्नुस्


नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न आग्रह गरेका छन्।

शनिबार सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएका छन्।

उनका अनुसार आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई जिम्मा दिई महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्छ।

‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ,’ कोइरालाले भने, ‘शेरबहादुरजीलाई मैले भनेको छु यो मेरो व्यक्तिगत विचार हो। तपाईँले समिति विघटन गर्नुस्, एक जनालाई कार्यवाहक सभापति तोक्नुस्। उनले मिति तय गर्नेछन्। मलाई लाग्छ, मंसिरसम्ममा मिति तय हुनेछ।’

डा. कोइरालाले मंसिरभित्र कांग्रेसको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट