Techie IT
२०८३ जेष्ठ ६, बुधबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक सम्पन्न भएको छ। असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको पार्टीले जनाएको छ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका छन्।

त्यस्तै, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि बैठकमा आफ्ना धारणा प्रस्तुत गरेका छन्।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक शनिबार दिउँसो १ बजेदेखि पुनः बस्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट