Techie IT
२०८२ कार्तिक २, आइतबार

सरकार मलाई थुन्ने योजनामा छ - अध्यक्ष ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गरी थुन्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्ने उद्देश्यले लगातार छलफल र सल्लाहमा रहेको बताए।

उनले भने, “केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गरिरहेका छन्, तर कहीँकतै केही भेटिएको छैन र उकुसमुकुस गरिरहेका छन् । हिजो जेनजीहरूले मान्दैनथे, अहिले पनि सरकार जसरी पनि केपी ओलीलाई थुन्नुपर्छ भनेर प्रयासरत छ।”

ओलीले जेनजी आन्दोलनका सहभागीहरू आफूहरू दलविरुद्ध नभएको बताइरहेको उल्लेख गर्दै भने, “साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, अब यसमा चिनी थपिदिनु त?”

त्यस्तै, उनले पार्टीका आन्तरिक विषयहरू बाहिर सार्वजनिक नगरी पार्टीभित्रै छलफल गर्न नेताहरूलाई सुझाव दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट