Techie IT
२०८२ कार्तिक २, आइतबार

सेनाले मोबाइल सिज गरेको ओलीको खुलासा, ‘यस्तै अराजकता रहिरहे म पुनः प्रधानमन्त्री बन्छु’


पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल फोन सिज गरिएको खुलासा गरेका छन्। प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको उनले बताएका छन्।

आज काठमाडौंमा सञ्चार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले पहिलोपटक उक्त विषय सार्वजनिक गरेका हुन्। उनले भने, “पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। यसलाई तपाईंहरू जसरी पनि व्याख्या गर्न सक्नुहुन्छ। प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो। त्यसैले म २७ गते बेलुकासम्म सम्पर्कमा रहिनँ।”

ओलीले वर्तमान राजनीतिक अवस्थालाई अराजकता बढ्दै गएको बताएका छन् । उनले भने, “यस्तै अराजकता चलिरहे फेरि केपी ओली प्रधानमन्त्रीमा फर्किन्छ। जनताले यो अवस्था सहँदैनन्। तपाईंहरू (सम्पादकहरू) नै विशेष सम्पादकीय लेखेर ‘केपी ओली फिर्ता ल्याउनुपर्छ’ भन्नुहुन्छ। नलेख्नुपर्ने कारण छ भने भन्नुस्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट