Techie IT
२०८३ असार २८, आइतबार

लोडसेडिङ अन्त्य सम्झिँदै जनार्दन शर्माले भने - गरे सम्भव छ


पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा काम गर्ने इच्छाशक्ति भए कुनै पनि चुनौती जित्न सकिने बताएका छन्।

दीपावलीको अवसरमा सामाजिक सञ्जालमार्फत भिडियो सन्देश प्रकाशित गर्दै उनले लोडसेडिङ अन्त्यलाई ‘गरे सम्भव छ’ भन्ने उदाहरणका रूपमा प्रस्तुत गरेका हुन्।

नेपालमा दैनिक १६ घण्टासम्मको लोडसेडिङ रहेकामा शर्मा ऊर्जामन्त्री बनेको केही महिनामै समस्या अन्त्य भएको थियो। उनले टिमवर्क, प्रतिबद्धता र काम गर्ने इच्छाशक्तिकै कारण त्यो सफलता सम्भव भएको स्मरण गरेका छन् ।

२०७३ साल साउन ३० गते ऊर्जामन्त्री बनेका शर्माले त्यही वर्षको तिहारदेखि देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेका थिए। त्यस दिनदेखि नेपालीहरूले निर्धक्क बिजुली बाल्न पाउने बनेका थिए ।

सो स्मृतिलाई ताजा पार्दै शर्माले भने, “तमाम–तमाम साथीहरू थिए, ती सबैलाई मैले उत्साहित गरें — यो काम गर्नैपर्छ, नेपालमा सम्भव छ भन्ने हामिले पुष्टि गरेका थियौँ।”

शर्माले आफू प्राविधिक विज्ञ नभए पनि विद्युत् चुहावट र चोरी रोक्न ठोस कदम चालेको स्मरण गरेका छन् । उनका अनुसार, “कहाँ अनावश्यक रूपमा विद्युत् वितरण भइरहेको छ र कसरी म्यानेज गर्न सकिन्छ भन्ने विषयमा मैले आइडिया राखेर छलफल गरेको थिएँ।”

उनले बिजुली चोरी नियन्त्रणका लागि धेरै स्थानमा छापा मारिएको पनि बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट