Techie IT
२०८२ कार्तिक ५, बुधबार

प्रधानमन्त्री कार्की र ११ दलका नेताबीच छलफल: नेताहरूले राखे आफ्नो धारणा


प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावका विषयमा राजनीतिक दलहरूसँग छलफल गरेकी छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा ११ दलका नेताहरू सहभागी भएका थिए।

छलफलमा सहभागी दलका नेताहरूले आफ्नो धारणा राखेका छन्। नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल उपस्थित थिए।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल बैठकमा सहभागी भएका थिए।

यस्तै, जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा उपाध्यक्ष प्रकाश ज्वाला पनि छलफलमा उपस्थित थिए।

सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, बैठकमा सबै दल निर्वाचनमा सहभागी हुन तयार रहेको र सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्नेमा दलहरूको ध्यान केन्द्रित भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट