Techie IT
२०८२ कार्तिक ६, बिहीबार

आफ्नो जलेको घरको बार्दलीबाट ओलीले भने - गृहमन्त्री बाबुले म सँग दुस्मनी साधिरहेका छन् !

सरकार अझै केही षड्यन्त्र गर्न उद्यत छ भन्ने आशंका छ


नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिन दुष्प्रयास गरिरहेको आरोप लगाएका छन्।

बुधबार ललितपुरको बालकोटस्थित आफ्नै निजी निवासको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। गत २४ भदौमा ‘जेन–जी आन्दोलन’का प्रदर्शनकारीहरूले ओलीको घरमा तोडफोड र आगजनी गरेका थिए। आगजनीपछि बुधबार पहिलोपटक उनी त्यहाँ पुगेका हुन्।

ओलीले सरकार र गृहमन्त्रीले आफू र आफ्ना समर्थकमाथि दुष्मनी राख्दै अनावश्यक दबाब सिर्जना गरेको दाबी पनि गरेका थिए ।
“सरकारको मनसाय के हो भन्ने कुरा गृहमन्त्रीले हिजो टेलिभिजन अन्तर्वार्तामा बोलेको अभिव्यक्तिबाटै स्पष्ट हुन्छ,” ओलीले भने, “दुःख परेकामाथि उहाँको दुष्मनी देखिन्छ। मसँग उहाँको गम्भीर दुश्मनी छ। सरकार अझै केही षड्यन्त्र गर्न उद्यत छ भन्ने आशंका छ।”

पूर्वप्रधानमन्त्री ओलीले जेन–जी आन्दोलनको क्रममा अपराधजन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही नगरेको आरोप पनि लगाए। “आन्दोलनका क्रममा लुटपाट गर्नेहरू यही वरपरका थिए, सरकारले पक्राउ गर्ने कुरै छैन,” उनले भने, “बरु पक्राउ परेकाहरूमाथि पनि सरकार उदार देखिन्छ। यस्तो अवस्थामा सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा केवल भाषणमै सीमित छ।”

ओलीका अनुसार सरकार आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनेतर्फ नलागी राजनीतिक प्रतिशोध र बदला लिने काममा केन्द्रित छ। “सरकार आफैं जेन–जीका अगुवाहरू मार्फत दबाब बढाएर केही नेताहरूलाई पक्राउ गर्न खोज्दैछ,” उनले आरोप लगाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट