Techie IT
२०८२ कार्तिक ५, बुधबार

छठपछि पार्टी एकताको नयाँ परिस्थिति देख्नुहुनेछ - संयोजक प्रचण्ड


नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकताको प्रक्रिया अघि बढिरहेको बताएका छन्।

मधेश प्रदेशमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै समाजवादी मोर्चामा आवद्ध दलहरूबीच एकताको तयारी भइरहेको बताएका हुन्।

उनले भने, “वामपन्थी एकता र ध्रुवीकरणको कुरा अहिले ठोस रूपमा अघि बढेको छ। समाजवादी मोर्चाका पार्टीहरू एकता प्रक्रियातिर गइरहेका छन्। मलाई लाग्छ, छठपछि तपाईंहरूले एउटा नयाँ परिस्थिति देख्नुहुनेछ।”

फरक प्रसंगमा प्रचण्डले सरकारले अब निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनका अनुसार सरकारले वार्ता प्रक्रिया सुरु गरिसकेको र बिस्तारै आगामी निर्वाचनतर्फ गम्भीर बन्दै गएको आभास भएको छ।

“हिजो मात्रै सरकारले वार्ता गरेको छ। अब निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर बन्दै गएको देखिन्छ,” उनले भने।
औपचारिक रूपमा निर्वाचनको वातावरण बनाउन माओवादी केन्द्रले नै पहिलो पहल गरेको दाबी पनि उनले गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट