Techie IT
२०८२ कार्तिक १०, सोमबार

सुशिलाजी, शासनको एक महिना पूरा भइसक्यो खै त सम्पत्ती विवरण सार्वजनिक गरेको ?

मन्त्रीहरूको नेपाल र विदेशमा रहेको सम्पत्ति जनतासामु खुला गर्ने हिम्मत किन भएको छैन?


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध इमान्दार देखिन ठोस कदम चाल्नुपर्ने बताएका छन्।

डा. लोहनीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै सरकारको पारदर्शिता र जवाफदेहिताबारे प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, “प्रधानमन्त्री सुशिलाजीको शासनको एक महिना पूरा भइसकेको छ । भ्रष्टाचारविरुद्ध इमान्दार देखिनका लागि कम्तीमा एक महिनाभन्दा बढी समयदेखि मन्त्री रहेका सबै जनप्रतिनिधिहरूले आफ्नो सम्पत्ति विवरण जनता सामु प्रस्तुत गर्नुपर्ने होइन र?”

डा. लोहनीले हालैको ‘जेन जी आन्दोलन’ र त्यहाँ देखिएको युवाको बलिदानप्रति समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्। उनले भने, “जेनजी आन्दोलनको प्रमुख माग नै भ्रष्टाचारविरुद्ध सरकारी सक्रियता हो। तर, यो मागप्रति सरकार सचेत छ भन्ने देखाउनका लागि पनि मन्त्रीहरूको नेपाल र विदेशमा रहेको सम्पत्ति जनतासामु खुला गर्ने हिम्मत किन भएको छैन?”

उनले दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न नसक्नु सरकारको कमजोरी भएको पनि औंल्याएका छन्। “दलका नेताहरूको सम्पत्ति छानबिन आयोग किन गठन गर्न सकिएको छैन? पारदर्शिता र जवाफदेहिताको नाममा ठूला भाषण भइरहे पनि व्यवहारमा कुनै परिवर्तन देखिँदैन,” उनले भने।

पूर्वअध्यक्ष लोहनीले प्रधानमन्त्री कार्कीको भ्रष्टाचारविरुद्धको कठोर छवि जनतामा रहेको स्मरण गराउँदै हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूला भ्रष्टाचारका मुद्दामा निष्क्रिय रहेको जनआशंका बढ्दै गएको समेत बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट