प्रधानमन्त्रीको पहलमा सरकार, दल र जेनजीबीच त्रिपक्षीय वार्ता भोलि हुदै
सरकार, राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा हुने भएको छ।
आगामी निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यले प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन्।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, वार्तामा विभिन्न ८/९ समूहका जेनजी प्रतिनिधि, प्रमुख राजनीतिक दलका प्रतिनिधि, साथै प्रधानमन्त्री र मन्त्रीहरू सहभागी हुनेछन्।
बैठकमा निर्वाचनको वातावरण निर्माणका लागि सबै पक्षले आफ्नो–आफ्नो जिम्मेवारी र भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस