Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

त्रिपक्षीय छलफलमा एमालेको सुझावः संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ


प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय छलफलमा नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गरेर जेनजीका माग सम्बोधन गर्न सकिने सुझाव दिएको छ।

छलफलमा एमालेबाट नेता महेश बर्तौला र क्षितिज थेबे सहभागी थिए। उनीहरूले संसद् विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको विषय उठाएका थिए। नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, एमालेका नेताहरूले भने, “संसद पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ। निर्वाचनको वातावरण अहिले तयार छैन।”

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गते तय छ। चुनावका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीच बुधबार त्रिपक्षीय छलफल भएको हो।

एक जेनजी अगुवाले भने, “एमालेले सुरुमा फरक धारणा राख्यो। संसद् पुनर्स्थापना हुनुपर्छ, विघटन असंवैधानिक छ भन्ने कुरा उनीहरूले उठाए। तर अन्य दलहरूले यसलाई प्राथमिकतामा नलिएपछि विषय त्यही सकियो।”

त्यस्तै, जेनजी नेता मिरज ढुंगानाले प्रत्यक्ष कार्यकारी व्यवस्था गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए, तर त्यहीँ भएका अन्य जेनजीहरूले खण्डन गरेका थिए। एक सहभागीले भने, “प्रत्यक्ष कार्यकारीमा जानुपर्छ, चुनावको लागि मात्र चुनाव गर्नुको अर्थ छैन भनी मिरजजीले भन्नुभयो, तर अन्यले खण्डन गरे। त्यसपछि यो विषय त्यहीँ रोकियो।”

एकीकृत समाजवादीका पाण्डेका अनुसार, जेनजीहरूले संसद् पुनर्स्थापना नलगाउन आग्रह गर्दै भने, “संसद्मा रहेका दलहरू चुनावमा सहभागी होऊन्, दल बिना चुनाव हुन सक्दैन।”

जेनजी प्रतिनिधिहरूले भ्रष्टाचार नियन्त्रण नभएको, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको लगायतका विषयमा आफूहरूले आन्दोलनको माग उठाएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट