Techie IT
२०८३ असोज १६, शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी


नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने भएको छ। राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट वैचारिक आधार बिना पार्टी एकता सम्भव नभएको बताएका छन्।

कात्तिक १४ गतेसम्म चल्ने बैठकले पार्टीको वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणमा निर्णय गर्ने, पुनर्गठनको कार्ययोजना तय गर्ने र वर्तमान नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरण सम्बन्धी विषयमा समेत छलफल र निर्णय गर्ने बताइएको छ।

बैठकमा जेन–जी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्धका विषयमा पार्टीले सञ्चालन गर्ने विभिन्न अभियान र आवश्यक कार्यक्रम अनुमोदन गर्ने तयारी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट