Techie IT
२०८२ कार्तिक १४, शुक्रबार

सरकारले भिजिट भिसा मापदण्ड खुकुलो बनाउँदै, नयाँ नियम आज सार्वजनिक हुने


सरकारले भिजिट भिसासम्बन्धी मापदण्ड खुकुलो बनाउने तयारी गरेको छ। यसअघि जारी गरिएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा नयाँ मापदण्ड लागू गर्न लागिएको हो।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नयाँ मापदण्डबारे आज (शुक्रबार) दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गरिनेछ।

उनका अनुसार, अघिल्लो मापदण्ड कडा बनाएपछि कागजात तयार गर्ने प्रक्रिया झन्झटिलो भएको र त्यसकै मौका छोपी विचौलियाहरूले कागजात मिलाउने नाममा अत्यधिक पैसा असूली गर्न थालेका गुनासा बढेपछि मापदण्ड संशोधन गर्न लागिएको हो।

नयाँ मापदण्ड अनुसार, भिजिट भिसामा विदेश जानका लागि ६ महिनाभन्दा बढी अवधि बाँकी रहेको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र स्वघोषणा पत्र भए पुग्नेछ।

पहिलेको ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्ने भए तीन पुस्ते विवरण लगायतका अतिरिक्त कागजात अनिवार्य गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट