माओवादी केन्द्र निकट जेनजी रेडफोर्समा महिला सह–संयोजक अनिवार्य
नेकपा माओवादी केन्द्र निकट GenZ Red Force Nepal ले संगठनभित्र लैङ्गिक समानता र सह–नेतृत्व सुदृढीकरणकाे दिशामा नयाँ ऐतिहासिक निर्णय गरेको छ।
संगठनको हालै सम्पन्न केन्द्रीय बैठकबाट पारित निर्णय अनुसार सातै प्रदेशका संयोजकहरूलाई आफ्नो प्रदेशमा एक जना महिला सह–संयोजक तोक्ने निर्देशन दिइएको छ। यो प्रक्रिया एक साताभित्र पूरा गरी प्रतिवेदन केन्द्रीय संयोजकलाई पठाउन भनिएको छ।
केन्द्रीय संयोजक स्मृति तिमल्सिना द्वारा जारी विज्ञप्तिमा जिल्ला तहमा पनि सोही नीति लागू गर्न निर्देशन गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि जिल्ला संयोजक पुरुष छन् भने महिला सह–संयोजक, र यदि संयोजक महिला छन् भने पुरुष सह–संयोजक तोक्नुपर्नेछ।”
संगठनले यस कदमलाई संगठनभित्रको समावेशी सहभागिता, लैङ्गिक सन्तुलन र सह–नेतृत्व संस्कृतिको सुदृढीकरणतर्फको ऐतिहासिक पहलका रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा भनिएको छ “यो निर्णय लैङ्गिक समानता, संगठनात्मक सुदृढता र क्रान्तिकारी नेतृत्व विस्तारको दिशामा ऐतिहासिक कदम हो।”
संगठनले सबै प्रदेश र जिल्लाका कार्यकर्तालाई उक्त अभियानलाई सफल बनाउन एकजुट हुन आह्वान पनि गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस