Techie IT
२०८३ जेष्ठ ४, सोमबार

नेकपा र अशोक राई नेतृत्वको जसपा बीचको पार्टी एकता वार्ता सकारात्मक


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीचको पार्टी एकता वार्ता सकारात्मक मोडमा पुगेको छ।

दुवै दलका प्रतिनिधिहरूबीच बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक स्तरको वार्ता हुने नेकपा नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबार भएको छलफल सकारात्मक रहेकाले छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति बनेको छ।

बुधबारको वार्तामा नेकपातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत तथा गिरिराजमणि पोखरेल सहभागी थिए। जसपातर्फबाट भने वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी थिए।

जसपाभित्र भने मधेशी दलसँग एकता गर्ने कि नेकपासँग एकता गर्ने भन्ने विषयमा दुई धार रहेको बताइन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट