सिमरामा गोली चल्यो, वार्ता स्थगित
जेन-जी प्रदर्शनकारीहरूलाई सडकमा प्रदर्शन रोक्न गरिएको अनुरोध अस्वीकार गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।
सिडीओले बोलाएको वार्तामा जानका लागि जेन-जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्दै गर्दा समूहभित्र विवाद सुरु भएपछि उनीहरू अहिले सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन्।
जेन-जीको मुख्य माग अभावपूर्ण व्यवहार देखाउने अरविन्द साहलाई पक्राउ गर्नु रहेको छ। प्रहरीका अनुसार साह निगरानीमा छन्, तर अहिलेसम्म पक्राउ गरिएको छैन।
साह पक्राउ भएपछि मात्र केही जेन-जी समूह वार्तामा जान इच्छुक छन्। संयोजक उपाध्याय भने वार्तामा हिँडेका थिए, तर अन्य समूहको सहमति नहुँदा फर्केर सिमरामा छलफल गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस