Techie IT
२०८३ जेष्ठ ४, सोमबार

सिमरामा गोली चल्यो, वार्ता स्थगित


जेन-जी प्रदर्शनकारीहरूलाई सडकमा प्रदर्शन रोक्न गरिएको अनुरोध अस्वीकार गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।

सिडीओले बोलाएको वार्तामा जानका लागि जेन-जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्दै गर्दा समूहभित्र विवाद सुरु भएपछि उनीहरू अहिले सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन्।

जेन-जीको मुख्य माग अभावपूर्ण व्यवहार देखाउने अरविन्द साहलाई पक्राउ गर्नु रहेको छ। प्रहरीका अनुसार साह निगरानीमा छन्, तर अहिलेसम्म पक्राउ गरिएको छैन।

साह पक्राउ भएपछि मात्र केही जेन-जी समूह वार्तामा जान इच्छुक छन्। संयोजक उपाध्याय भने वार्तामा हिँडेका थिए, तर अन्य समूहको सहमति नहुँदा फर्केर सिमरामा छलफल गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट