Techie IT
२०८२ मंसिर ५, शुक्रबार

आयोगले लियो मुख्यसचिव अर्यालसँग बयान


जेनजी आन्दोलनका क्रममा भएको दमनबारे सत्य–तथ्य छानबिन गर्न बनेको आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ। आयोगका पदाधिकारीहरू उपस्थित रहेको बैठकमै अर्यालसँग विस्तृत सोधपुछ भएको हो।

आयोगका एक सदस्यका अनुसार सोधपुछ विशेषतः मंसिर २३ र २४ गतेका घटनामा केन्द्रित थियो। "२४ गतेपछि सरकारविहीन अवस्था र त्यतिबेला प्रशासन कसरी सञ्चालन भयो भन्ने विषयमा पनि प्रश्नहरू सोधिएका थिए," स्रोतले बतायो।

मुख्यसचिव अर्यालसँगको बयान प्रक्रिया बिहीबार नै सकिएको आयोगले जनाएको छ। उनले अवकाशमा जाने समय नजिकिएकाले अवकाशपछि बोलाउँदा सहुलियत दिएको सन्देश नजाओस् भन्ने हेतुले आयोगले उनलाई पदमै रहँदा बयानका लागि उपस्थित गर्न बोलाएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट