एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दे
नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको छ।
एमालेले यो जनसभालाई एमालेले शक्ति प्रदर्शनका रूपमा व्याख्या गर्दै आएको छ। संसद् विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रूपमा गठन भएको दाबी गर्दै त्यसको विरोधस्वरूप जनसभा गर्न लागिएको पार्टी नेताहरूले बताएका छन्।
एमाले नेता महेश बस्नेतले आजको जनसभामा करिब ६० हजार सहभागी जुटाइने दाबी गरेका छन्। यसअघि पार्टीले ‘नेसनल भोलिन्टियर फोर्स’ गठन गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस