Techie IT
२०८२ फागुन ७, बिहीबार

महाधिवेशनमा संगठनात्मक नीति बदलिदैन, प्रतिस्पर्धा खुला हुन्छ: ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको संगठनात्मक नीति र राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर नहुने बताएका छन्। आइतबार पार्टी कार्यालयमा महाधिवेशनको लोगो सार्वजनिक गर्दै उनले प्रतिस्पर्धा खुला रहने र राजनीतिक प्रतिस्पर्धालाई अवरोध नगर्ने स्पष्ट गरे।

ओलीले भने, “महाधिवेशनमा मतदान हुन्छ। कसैलाई मतदान गर्न नदिई सर्वसम्मति गराउन खोजिन्छ भन्ने कुरा हुँदैन। प्रतिस्पर्धा चाहनेले खुलेर गर्न पाउँछ।” तर अध्यक्षको हैसियतले पार्टीभित्र बस्ने–छाड्ने विषय सहमतिपूर्वक टुंग्याउन आग्रह गरे।

उनले एमालेमा लोकतन्त्र छैन भन्ने आलोचना असत्य भएको जिकिर गर्दै एकता आवश्यक रहेको र एक–अर्कामाथि अनावश्यक आरोप–प्रत्यारोप नगर्न नेताहरूलाई अनुरोध गरे।

ओलीका अनुसार पार्टीले तीन महिना अघि नै काम, सफलता र कमजोरीको समीक्षा गर्दै राजनीतिक प्रस्ताव पारित गरिसकेकोले संगठनात्मक नीति वा राजनीतिक प्रतिवेदनमा फेरबदल आवश्यक छैन। विधानमा पनि कुनै ठूलो परिवर्तन नभई सानोतिनो संशोधन आवश्यक परे छोटो प्रक्रियामार्फत हुने उनले बताएका छन् ।

ओलीले आगामी महाधिवेशनले नीति तथा संगठनात्मक संरचना अघि बढाउने नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्दै प्रतिनिधिले विवेकपूर्ण निर्णय गर्ने अपेक्षा राखेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट