काठमाण्डु र चितवन आज ‘गर या मर’ को लडाइँमा, फाइनल पुग्न कसको सम्भावना बलियो ?
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो महत्त्वपूर्ण खेल अपराह्न ४:३० बजे सुरु हुनेछ।
लिग चरणमा तेस्रो स्थान हासिल गरेको काठमाण्डु र चौथो स्थानमा रहेको चितवनका लागि आजको खेल अस्तित्वको लडाइँ हो। आज पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी टोलीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस