Techie IT
२०८२ मंसिर १५, सोमबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका प्रमुख एजेन्डा


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाबारे विस्तृत छलफल हुने बताइएको छ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधर नेताहरूबीच सहमति जुटाउन पटक–पटक प्रयास गरे पनि निष्कर्ष ननिस्केपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग परामर्श गरेका थिए। सभापति देउवा आमनिर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन्।

असोज अन्तिम सातादेखि लगातार बैठक बसे पनि कांग्रेस महाधिवेशनबारे टुंगोमा पुग्न सकेको थिएन। तर विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमार्गी प्रस्ताव र सभापति देउवाको निर्वाचनअघि महाधिवेशन गर्न सकारात्मक तत्परतापछि आजको बैठकमा नयाँ कार्यतालिकामा सहमति जुट्न सक्ने देखिएको छ।

यसका लागि सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहान निर्देशन दिएका थिए ।

विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री गगन थापा पनि सभापति, कार्यबाहक सभापति र अन्य शीर्ष नेताहरू इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन सम्भव हुने पक्षमा छन्।

असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता भएकाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ। पुस २७ गतेदेखि महाधिवेशन गर्न सकिने सम्भावित तालिकाबारे कांग्रेसमा गृहकार्य भइरहेको र सो सम्बन्धमा प्रस्ताव आजको बैठकमा प्रस्तुत हुन सक्ने एक नेताले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट