Techie IT
२०८३ असार २५, बिहीबार

समानुपातिक उम्मेदवार छनोटमा भाग लिन रास्वपाको आह्वान


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ।

पार्टीले आज सूचना जारी गर्दै समानुपातिक उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको प्रवक्ता मनिष झाले बताए । उनका अनुसार योग्यता पुगेका इच्छुक पार्टी सदस्यले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म तोकिएको छ। साथै, उम्मेदवार छनोटको विस्तृत रूपरेखा अध्ययन गर्न र आवेदनका लागि आवश्यक विवरण पार्टीको वेबसाइटमा उपलब्ध गराइएको रास्वपाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट