Techie IT
२०८३ मंसिर ४, बिहीबार

तराई र उपत्यकामा हुस्सु, हिमाली क्षेत्रमा आंशिक बदली


देशभर पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भाग, उपत्यका तथा खोँचहरूमा बाक्लो हुस्सु र तुवाँलो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

यसैगरी, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र अन्य क्षेत्रको मौसम सफा रहने महाशाखाले जनाएको छ । यद्यपि, भोलि बिहानपख तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन तथा यातायातमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट