Techie IT
२०८२ मंसिर २०, शनिबार

आज बालुवाटारमा सर्वपक्षीय बैठक आह्वान


प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका विषयमा व्यापक छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। 

बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्नेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा राजनीतिक दलहरूका प्रतिनिधि, जेनजी समूह, सुरक्षा निकाय र निर्वाचन आयोगका पदाधिकारीहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

सरकारले तय गरेको निर्वाचन मितिलाई सफल बनाउन आवश्यक तयारी र वातावरण निर्माणका विषयमा केन्द्रित रहँदै प्रधानमन्त्री कार्की पछिल्ला दिनमा सक्रिय रूपमा पहल गरिरहेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट