Techie IT
२०८२ मंसिर २४, बुधबार

महामन्त्री थापालाई चुनाव लड्न रोल्पाबाट अफर


नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। कांग्रेस रोल्पाले महामन्त्री थापा सहित पाँच जनाको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको हो।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिसकेपछि कांग्रेस रोल्पा जिल्ला सभापति किशोरकुमार आचार्यले चुनावी तयारीका क्रममा पाँच जनाको नाम सिफारिस गरिएको जानकारी दिए।

सभापति आचार्यका अनुसार प्रत्यक्षतर्फ सिफारिस गरिएका अन्य नामहरूमा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओली रहेका छन्।

जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले यी उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट